बोनस बैठक असफल

0
988

दार्जिलिङ, १६ सेप्टेम्बरः दार्जिलिङ पहाडका चियाश्रमिकहरूका बोनस बैठक आज असफल भएको छ। बैठक भर्चुअल सम्पन्न भएको थियो।

आज पहिलो चरणको बैठक असफल बनेको हो। अब दोस्रो बैठक कहिले हुने हो? सो तय भएको छैन।

हिजो तराई अनि डुवर्सका चियाश्रमिकहरूको बोनस बैठक पहिलो चरणमै सफल भएको थियो। मालिकपक्ष तराई अनि डुवर्सका चियाश्रमिकहरूलाई २० प्रतिशतको दरले बोनस दिन राजी भएको छ। यद्यपि पहाड़का चियाकमानहरूका मालिकवर्ग भने २० प्रतिशतको बोनस दिन आनाकानी र अनेकौँ बहाना देखाइरहेकाले आजको बैठक असफल भएको जानकारी पाइएको छ।

पहाड़का श्रमिक सङ्गठनहरूले २० प्रतिशतको दरले बोनस दिनुपर्ने अड़ान राखेको छ।

यसैबिच, जोइन्ट फोरम हिल सब-कमिटीका प्रवक्ता सुनिल राईले जनसंवादलाई बताएअनुसार आजको बैठकमा मालिकपक्ष २० प्रतिशत बोनस दिन सकारात्मक देखिएन। त्यसैले बैठक असफल भएको हो।

“मालिकपक्षले ‘ए’ ‘बी’ र ‘सी’ वर्गमा चियाकमानहरूलाई वर्गीकरण गरी बोनस दिने कुरा गऱ्यो, त्यसलाई हामीले मानेनौँ। साथै मालिकपक्षले किस्ती बोनस दिने पक्षमा देखियो, जसलाई हामीले खारेज गरेको छौँ”, उनले थपे, “वर्ग नछुट्याइ सबै चियाकमानका श्रमिकहरूलाई एकैपटकमा २० प्रतिशतको दरले बोनस दिनुपर्छ भन्ने हाम्रो अड़ान छ। यसै अड़ानमा हामी अडिग छौँ।”

अब दोस्रो चरणको बैठक कहिले हुन्छ, सो आज तय नभएको पनि उनले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here