पर्यटन केन्द्र दार्जिलिङ जू र एचएमआई खोलिए

0
928

दार्जिलिङ, १६ सेप्टेम्बरः पर्यटकहरूका मुख्य आकर्षणका केन्द्र दार्जिलिङ जू र एचएमआई पुनः खोलिएका छन्।

यी दुवै पर्यटन केन्द्रमा कोविड प्रोटोकल्सलाई कठोरता लागू गरिनेछ। बिनामास्क कोही पनि जू वा एचएमआई परिसरमा प्रवेश गरेको भेटिए, उनीहरूलाई विरुद्ध जरिमाना तिराउने पनि एचएमआई प्रशासनले जानकारी गराएको छ।

यसै वर्षको मई महिनाको पहिलो सातादेखि कोरोना सङ्क्रमणका कारण बन्द रहेका दार्जिलिङको पद्मजा नायडु हिमालयन जुलोजिकल पार्क र हिमालयन पर्वतारोहण संस्थान हिजो १५ सेप्टेम्बरका दिनदेखि पुनः खोलिएका हुन्।

एचएमआईले आफ्नो रुटिन बेसिक अनि एड्भान्स कोर्सहरू पनि शुरू गरिसकेको एचएमआईका प्रिन्सिपल ग्रुप क्याप्टन जय किशनले जानकारी गराएका छन्।

यी कोर्सहरूमा भाग लिनका लागि प्रशिक्षणार्थीहरू विभिन्न राज्यबाट आइसकेको पनि उनले बताए।

कोविडअघि मुख्य पर्यटन मौसममा दार्जिलिङका जू अनि एचएमआईमा दैनिक ५ हजारदेखि ८ हजारसम्म पर्यटक आउने गर्थे, तर अहिले यहाँ एकदमै कम्ती पर्यटक आइरहेका छन्।

उनले भने, “दार्जिलिङ जू र एचएमआईमा कोविड प्रोटोकल्सलाई कठोरताका साथ पालन गरिएको छ। यसैका लागि दार्जिलिङ जू अनि एचएमआईभित्र प्रवेश गर्ने मुख्य स्थानमा सेनिटाइजर पोइण्ट पनि राखिएको छ। जू-भित्र प्रवेश गर्नेहरूले यहाँ आफूलाई सेनिटाइज गर्न सक्छन्। यसका साथै भित्र प्रवेश गर्नेहरूले मास्क अनिवार्यरूपले लगाएको हुनपर्छ।”

उनले एक प्रश्‍नको उत्तरमा भने, “यदि कोरोना सङ्क्रमणको स्थिति सामान्य बन्दै गए अनि कोविड प्रोटोकल्सलाई कठोरतासित पालन गरिए आउँदो अक्टोबर-नोभेम्बर महिनामा दार्जिलिङ पहाड़मा अझ धेरै पर्यटक आउन सक्नेछन्। साथै पर्यटकहरूले दार्जिलिङको जू र एचएमआईको पनि भ्रमण गर्न सक्नेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here