मङ्गलवार दिलीप घोषमाथि भएको हमलाविरुद्ध पथ अवरोध गरेर विरोध प्रदर्शन गर्ने भाजपा कार्यकर्ताहरूलाई हटाउँदै पुलिसकर्मी। |
सिलगढ़ी, 18 सेप्टेम्बर : पूर्व मेदिनापुरको कान्थीमा सोमवार भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष दिलीप घोषमाथि भएको विरोधमा अन्य ठाउँहरूमा झैं मङ्गलवार भाजपा कार्यकर्ताहरूले सिलगढ़ीका विभिन्न ठाउँमा पथ अवरोध गरी विरोध जनाए। यसअवधि स्थानीय भेनस मोड र आसिघर मोडमा तनाउको स्थिति देखिएको थियो। यसैबीच पुलिसले पथ अवरोध गरी तनाउ सिर्जना गरेको आरोपमा भाजपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ।
सोमवार पार्टीका प्रदेश अध्यक्षमाथि भएको हमलाको विरोध गर्न बिहानैदेखि भाजपा कार्यकर्ताहरू जुटेका थिए। यसै घटनाको विरोध गर्दै ती भाजपा कार्यकर्ताहरूले भेनस मोडमा विरोध प्रदर्शन गर्दै थ अवरोध गरे। यो पथ अवरोध हटाउने प्रयास गरिरहेको पुलिससँग भाजपा कार्यकर्ताहरूको ठेलाठेल पनि हो। जसको कारण तनाउको स्थिति सिर्जना भएको थियो। अर्कोतिर भाजपा कार्यकर्ताहरूले आसिघर मोडमा पनि हमलाको विरोध गर्दै पथ अवरोध गरेका थिए, जसलाई पुलिसले हटायो।
उल्लेखनीय छ, सोमवार कान्थीमा दिलीप घोष र भाजपा समर्थकहरूमाथि हमला भएको थियो, जसमा घोषलगायत 15-20 कार्यकर्ता घाइते भएका थिए। गम्भीर घाइते भएका दुईजनालाई अस्पतालमा भर्ती गराइएको थियो। यो हमलामा कम्तीमा 20 मोटर बाइक तोड़फोड़ गरिएको थियो। यो हमला तृणमूल सांसद द्विवेन्दु अधिकारीको नेतृत्वमा हमला गरिएको घोषको आरोप छ। यद्यपि तृणमूल सांसदले यो आरोपलाई सोझै खण्डन गरेका छन्।