गक्रायुमोले सोध्यो- वार्तामा ढिल्याइ र विवाद किन?

0
1227

दार्जिलिङ, १६ सेप्टेम्बरः क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीको युवा एकाइ गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा (गक्रायुमो)-ले त्रिपक्षीय वार्तामा ढिल्याइ र विवाद किन भनेर प्रश्न गरेको छ।

विषय मुद्दा लिएर हिजैदेखि गक्रायुमोले पहाड़का विभिन्न स्थानमा पोस्टरिङ गर्ने कार्य गरिरहेको छ, जुन कार्य आज पनि जारी रह्यो।

गक्रायुमोले विशेषगरी त्रिपक्षीय वार्ता, पञ्चायतमा घोटाला, डीएचआरको मुद्रीकरणको विरोधमा पोस्टरिङ गरेको हो।

‘गोर्खा समस्या समाधानार्थ वार्तामा ढिल्याइ किन? विवाद किन?’, पोस्टरमा लेखिएको छ, ‘बङ्गालभित्रको व्यवस्था मान्दैनौँ।’

त्यस्तै अर्को पोस्टरमा भनिएको छ-‘दागोपापको फाइल के भयो? जीटीएमा भ्रष्टाचारको गम्भीर आरोपमाथि उच्चस्तरीय जाँच हुनुपर्छ।’

ग्रकायुमोले पञ्चायत घोटाला, वञ्चना र अव्यवस्थाको जिम्मेवार राज्य सरकार रहेको बताएको छ। साथै विश्व धरोहरको मर्यादा, जनभावना र कर्मचारीको अधिकार लुटिएको खण्डमा डीएचआरको मुद्रीकरण प्रस्ताव केन्द्र सरकारले फिर्ता लिनुपर्ने पनि बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here