गोर्खा छोरो विधान घिसिङ शहीद

0
1152

दार्जिलिङ, २१ सेप्टेम्बरः देशको सुरक्षार्थ फेरि अर्का गोर्खा छोरो शहीद भएका छन्।

आतङ्ककारीसँग भिड़न्तमा शहीद बनेका गोर्खा छोरो विधान घिसिङ (३७) सुके पोखरी खण्डअन्तर्गत पुसिम्बेङ चियाकमानको ग्यारेज गाउँनिवासी हुन्।

उनी जम्मू-कश्मीर राइफल्स कार्यरत थिए।

जानकारीका अनुसार विधान शहीद भएको खबर परिवारलाई हिजो साँझपख आएको हो। सेनामा सुबेदार पदमा रहेका उनी शहीद बनेको खबर फैलिनसाथै गाउँ शोकमा डुबेको छ।

उनले आफूपछि आमा-बाबा, श्रीमती, दुई छोरा र भाइ छाड़िगएका छन्।

पछिल्लो मार्च महिनामा घर आएका उनी एक महिनाको छुट्टी बिताएर अप्रेलमा फेरि पल्टन फर्केका थिए।

पारिवारिक सूत्रका अनुसार दशैँमा छुट्टी आउन विधानले रेलको टिकट समेत काटिसकेका थिए।

“हामीलाई उनले नोभेम्बर महिनामा छुट्टी आउने कुरा गरेका थिए”, शहीदका मामा रतन थापाले जनसंवादसँग कुराकानी गर्दै भने, “तर हिजो साँझपख उनी शहीद बनेका खबर सुनेर हामी सबै अवाक बनेका छौँ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here