फेरि मिलेन बोनस बैठक

0
942

सिलगढ़ी, २२ सेप्टेम्बरः दार्जिलिङ पहाडका चियाश्रमिकहरूका बोनस बैठक आज दोस्रोपटक पनि मिलेन।

बैठक स्थानीय श्रमिक भवनमा सहश्रमायुक्तको उपस्थितिमा सम्पन्न भएको थियो।

मालिकवर्ग दुई किस्ती गरी बोनस दिने अड़ानमा अडिग बसेपछि बोनस बैठक नमिलेको हो। एकैपटकमा २० प्रतिशत बोनस दिनुपर्ने मागमा पहाड़का श्रमिक सङ्गठनहरू गोलबद्ध बनेका छन्। आज पनि श्रमिक सङ्गठनहरूले आफ्नो मागमा अडिग बसे।

जानकारीका अनुसार अब अघिल्लो बैठक आउँदो २७ सेप्टेम्बरका दिन हुनेछ।

“मालिकवर्ग दुई किस्तीमा बोनस दिने कुरामा अडिग बसेपछि आजको बैठक असफल भएको हो”, सिटु नेता समन पाठकले भने, “दुई किस्तीमा होइन, एकैपटकमा २० प्रतिशतको बोनस दिनुपर्छ भन्ने हाम्रो माग हो। हामी यसै मागमा अडिग छौँ। र अर्को बैठकमा पनि यसै मागमा अडिग रहनेछौँ।”

उल्लेखनीय छ, तराई अनि डुवर्सका चियाश्रमिकहरूलाई एकैपटकमा २० प्रतिशतको बोनस दिन मालिकवर्ग अघिबाटै राजी भइसकेको छ। तर पहाडका चियाश्रमिकहरूलाई भने दुई किस्तीमा बोनस दिने अड़ान राखिरहेको छ। यसभन्दा अघि गत वर्ष पनि दुई किस्ती गरी मालिकवर्गले पहाडका चियाश्रमिकहरूलाई बोनस दिएको थियो। तर कतिपय चियाकमानले दोस्रो किस्तीको बोनस अझै पाउन सकेको छैनन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here