दुष्कर्मका दोषीलाई १० वर्षको कारावास र ३ लाख रुपियाँ क्षतिपूर्ति तिर्न पर्ने सजाय

0
973
(प्रतीकात्मक फोटो।)

दार्जिलिङ, २३ सेप्टेम्बरः दार्जिलिङ जिल्ला अदालतले मनोज मङ्ग्राती नामक एक ३८ वर्षे युवकलाई १० वर्षको कारावासका साथै ३ लाख रुपियाँ क्षतिपूर्ति तिर्ने सजाय सुनाएको छ।

दार्जिलिङ जिल्ला अदालतले यो सजाय आज सुनाएको हो।

रङ्ली रङ्लियट थानाअन्तर्गत एउटा गाउँनिवासी मङ्ग्रातीले आफ्नै गाउँकी एक ५० वर्षीया महिलामाथि दुष्कर्म गरेको आरोप प्रमाणित भएपछि नै उनलाई यो सजाय दिइएको दार्जिलिङ जिल्ला अदालतका पीपी (पब्लिक प्रोसिक्युटर) प्रणय राईले जानकारी गराए।

उनले दिएको जानकारीका अनुसार, १६ जून २०१७-को मध्यराति मनोज मङ्ग्राती ती महिलाको घरभित्र पसेर उनीसँग दुष्कर्म गरेका थिए। यति मात्र होइन, मनोज भोलिपल्ट बिहान ४-५ बजे ती महिलाको घरबाट निस्किएका थिए।

धेरै साक्षीहरूका बयान अनि जाँचपछि मनोजले ती महिलासँग दुष्कर्म गरेको प्रमाणित भएको हो। दोषी प्रमाणित भएपछि अदालतले उनीविरुद्ध १० वर्ष कारावासको सजाय सुनाएको छ भने पीड़ित महिलालाई 3 लाख रुपियाँ क्षतिपूर्ति पनि दिने निर्देश पनि दिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here