नमस्ते फाउन्डेशनले गऱ्यो इडेन अस्पतालको सरसफाइ

0
1552
नमस्ते फाउन्डेशनका स्वयंसेवीहरू।
दार्जीलिङ, १७ सेप्टेम्बर : परोपकारी कार्यमा प्रतिबद्ध सामाजिक सङ्गठन नमस्ते फाउन्डेशनले आइतवार स्थानीय जिल्ला अस्पताल (इडेन)-को सरसफाइ गऱ्यो। फाउन्डेशनका सदस्यहरू आज इडेन अस्पतालको सरसफाइ गर्न बिहानैदेखि जुटेका थिए। मूलतः समाज र परिवारबाट उपेक्षित अवहेलित भई सड़कपेटीमा जीवन बिताउन बाध्य असहायहरू तथा आफन्त नभएका रोगीहरूको सेवामा दत्तचित्त यो फाउन्डेशनले समय समयमा सार्वजनिक सम्पत्तिहरूको जगेरार्थ सरसफाइ गर्ने कार्य पनि गर्दै आएको छ। यसै कार्यलाई निरन्तरता दिँदै नमस्ते फाउन्डेशनले आज जिल्ला अस्पतालको सरसफाइ गरेको यसका अध्यक्ष पिङ्की विश्वकर्मले जनसंवादलाई बताए।

हामीले हाम्रा सार्वजनिक सम्पत्तिहरूको जगेरा गर्नका सट्टा उल्टै नोक्सान गर्ने कार्य गरिरहेका छौं। हामीले हाम्रै सम्पत्तिहरूको संरक्षण र संवर्धन गरेनौं भने बाहिरकाहरू आएर गरिदिने होइनन्’’, उनले थपिन्, “यो सन्देश फैलाउनका लागि नै आज हामीले अस्पतालको सरसफाइ गरेका हौं। हामी चाहन्छौं, सबै मानिस यसप्रति सचेत भइदिऊन्।’’ शनिवार फाउन्डेशनले असहायहरूलाई लिएर मेनोर एक्टिभिटी गरेको थियो। उनका अनुसार फाउन्डेशनले आगामी दिनमा आफ्नो सेवा क्षेत्रलाई अझ फराकिलो र प्रभावकारी बनाउनेछ। साथै उनले आजको यो सरसफाइ गर्नका लागि अनुमति दिने अस्पताल प्रशासन र सबै कर्मचारीप्रति फाउन्डेशनको तर्फबाट आभार प्रकट गरेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here