म्याराथन र फेसन शोका मुख्य आयोजक लाखौँ रुपियाँ गुटमुटाएर दार्जिलिङबाट चम्पट

0
1088
पत्रकारहरूलाई सम्बोधन गर्दै पीड़ितहरू।

दार्जिलिङ, ३० सेप्टेम्बर: विश्‍व पर्यटन दिवसको अवसर पारेर आयोजन गरिएको धारावाहिक म्याराथान प्रतियोगिताका साथै फेसन शो-का एक मुख्य आयोजक लाखौँ रुपियाँ गुटमुटाएर दार्जीलिङबाट चम्पट कसेको घटना उदाङ्गो भएको छ।

प्रकाश अधिकारी नामक आरोपी आयोजक नेपालका बासिन्दा हुन् भन्ने खुलासा भएको छ भने उनले दार्जिलिङकै केही युवा मात्र होइन, जीटीएसम्मलाई झुक्याएर लाखौँ रुपियाँ गुटमुटाएर यहाँबाट भागेको म्याराथान र फेशन शो प्रतियोगितामा भाग लिइरहेका प्रतियोगीहरूले बताएका छन्।

उल्लेखनीय छ,  टुगेदर फर टुरिज्म नाम दिएर जीटीएको सहयोगमा क्लब सेभेन टी-द्वारा आयोजन गरिएको म्याराथानका दुईवटा प्रतियोगिता सम्पन्न भइसकेका छन्, जसमध्ये प्रथम म्याराथान गत २७ सेप्टेम्बरका दिन चौरस्तादेखि आलुबारी रोड हुँदै जोरबङ्लो भएर पुनः चौरस्तामा नै समाप्त भएको थियो भने दोस्रो म्याराथान २९ सेप्टेम्बरका दिन सम्पन्न भएको थियो, जुन म्याराथान चौरस्तादेखि गङ्गामाया पार्क भएर पुनः चौरस्तामा नै आएर टुङ्गिएको थियो।

तेस्रो म्याराथान भोलि १ अक्टोबरका दिन हुने तय भएको थियो भने आउँदो ३ अक्टोबरका दिन फेशन शो हुने निश्चित भएको थियो, जसमध्ये म्याराथानमा प्रत्येक प्रतियोगीबाट १ हजार रुपियाँ प्रवेश शुल्क लिइएको थियो भने फेशन शो-मा भाग लिनेहरूबाट प्रतिप्रतियोगी ५ हजार रुपियाँको दरले शुल्क लिइएको थियो।

यी तीनवटा म्याराथानमा १५० भन्दा अधिक धावक-धाविकाले आ-आफ्नो शुल्क भुक्तान गरिसकेका थिए भने फेशन शो-मा भाग लिने २२ जना प्रतियोगीले पनि ५ हजार रुपियाँको दरले शुल्क तिरिसकेका थिए।

म्याराथन र फेसन शोको नाममा यति ठूलो रकम गुटमुटाएर चम्पट कसेपछि जीटीए र पुलिस प्रशासनमाथि पनि प्रश्न उठेको छ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here