पूजा बोनसको छिनाफाना भएन, अर्को बैठक २३ सेप्टेम्बरमा

0
1149
पूजा बोनसलाई लिएर कोलकाताको च्याम्बर अव् कमर्समा बसिएको बैठक। 

दार्जीलिङ, 16 सेप्टेम्बर : दार्जीलिङ तराईडुवर्सका चियाकमानका श्रमिकहरूलाई दिइने  पूजा बोनसबारे आइतवार कुनै निर्णय हुनसकेन। कोलकाताको च्याम्बर अव् कमर्समा सम्पन्न दुईदिने बैठकमा बोनस दरबारे कुनै छिनाफाना नभएपछि अर्को बैठक 23 सेप्टेम्बरको दिन निर्धारित गरिएको छ।
दुवै दिन बोनस दरबारे मालिक पक्ष र श्रमिक सङ्गठनबीच एकमत  नभएपछि यो बैठक विफल भएको हो। प्राप्त जानकारीअनुसार मालिकपक्ष यसपालि श्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिने पक्षमा छैन। मालिकपक्षले चियाकमानको सोचनीय अवस्था देखाएर 20 प्रतिशत बोनस दर नदिने तर्क राखेपछि बैठक विफल भएको छ। यसको विपरीत सबै श्रमिक सङ्गठन दार्जीलिङ, तराईडुवर्सका सबै चियाकमानका श्रमिकहरूलाई समान 20 प्रतिशतको दरले बोनस दिनुपर्ने अड़ान राखेको छ।
बैठकबारे बोल्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन लेबर युनियन (एचपीडब्ल्यूयू)-का अध्यक्ष जेबी तामाङले बोनस दर नमिलेपछि बैठक विफल बनेको बताए। उनले दुई दिनको बैठकमा व्यापक छलफल भए तापनि बोनस दरलाई लिएर मालिकपक्ष र श्रमिक सङ्गठनबीच सहमति हुनसकेन।मालिकपक्ष आज 12 देखि15 हुँदै 18 प्रतिशत आएर अड़ेको छ, तर हामी 20 प्रतिशतकै दरले  बोनस हुनुपर्ने अड़ान राखेका छौं।तामाङका अनुसार दुवैपक्ष आआफ्नो अड़ान अडिग बसेपछि पूजा बोनसलाई लिएर आज छिनाफाना नभएको हो।अब आगामी बैठक23 सेप्टेम्बरको दिन कोलकातामा नै बैठक बसिनेछ”, उनले भने, “हामी यो बैठकमा पनि आफ्नो अड़ानबाट पछि हट्नेछैनौं।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here