टोय ट्रेनको ‘रेड पाण्डा’ सेवा शुरू

0
883

खरसाङ, १६ अक्टोबरः खरसाङ रेलवे स्टेशनदेखि महानदी स्टेशनसम्म टोय ट्रेनको विशेष रेड पाण्डा सेवा शुरू भएको छ।

आजदेखि यो भएको यो सेवा सातामा दुई दिन शनिबार र आइतबार चल्नेछ।

आज एक कार्यक्रमबिच एडीआरएम न्यु जलपाइगढ़ी सञ्जय चिलवरले टोय ट्रेनको यो विशेष सेवाको विधिवत उद्घाटन गरे।

यसअवसरमा डीएचआरका डाइरेक्टर एसके मिश्र, ट्राफिक इन्स्पेक्टर चन्दन कुमारलगायत रेलवेका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

एडीआरएम चिलवरका अनुसार पर्यटकहरूका माग र हितलाई ध्यानमा राखेर रेड पाण्डा सेवा शुरू गरिएको हो।

उनका अनुसार पर्यटन मौसममा प्रतिव्यक्ति टिकट दर १२०० रुपियाँ र अन्य महिनामा टिकट दर एक हजार रहनेछ।

उल्लेखनीय छ, खरसाङदेखि महानदीको दुरत्व करिब ८ किलोमिटर छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here