पैह्रोले राष्ट्रिय राजमार्ग १० बन्द

0
954

कालेबुङ, २० अक्टोबरः राष्ट्रिय राजमार्ग १० पूर्ण बन्द भएको छ। सिक्किमको २० माइलदेखि बाघपुलसम्म कम्तीमा १६ ठाउँ साना ठूला पैह्रो गएका कारण यातायात ठप्प बनेको हो।

विशेषगरी २९ माइलमा गएको भलपैह्रोले राष्ट्रिय राजमार्ग ठप्प बनेको हो। माथिबाट झरेको भलपैह्रो राजमार्ग थुप्रिएको छ। निरन्तर पानी परिरहेकाले भलपैह्रो झर्ने क्रम जारी नै छ। भल पैह्रो सोहोरेर राजमार्गमा यातायात सुचारू गर्न विभाग र प्रशासन लागिपरेको छ। भल पैह्रो सोहोर्ने कार्य धमाधम चलिरहेको छ।

भल पैह्रोका कारण हिजै बेलुकीदेखि यस ठाउँमा यातायात ठप्प छ। राति अझ धेरै भल पैह्रो झरेर राजमार्गमा थुप्रिएको छ।

अर्कोतिर, कालेबुङदेखि लाभा हुँदै अम्बियोक भएर सिलगढ़ी जाने सड़क पनि पैह्रोकै कारण बन्द रहेको जानकारी पाइएको छ।

साथै सिङ्तामदेखि केहीनजिक २० माइलमा पनि पैह्रोका कारण राजमार्ग राजमार्ग १० बन्द छ।

यसैबिच, सिक्किम-कालेबुङबाट सिलगढ़ीतर्फ जाने वाहनहरू पेशोक बाटो भएर पठाइरहेको एसआई भिमेश तामाङले जानकारी गराएका छन्। उनका अनुसार सिलगढ़ीबाट सिक्किम-कालेबुङ आउने वाहनहरूले पनि यही बाटो गुड़्न सक्नेछन्।

अत्यावश्यक कार्यका लागि मात्र यात्रा गर्ने पनि एसआई तामाङले मानिसहरूलाई सुझाएका छन्, किनभने निरन्तर पानी परिरहेका कारण यात्रा गर्न जोखिमपूर्ण बनेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here