महानदीछेउ चिउरीभिरमा पैह्रोः चुँडियो राष्ट्रिय राजमार्ग-५५

0
1015

खरसाङ, २० अक्टोबरः राष्ट्रिय राजमार्ग ५५ चुँड़िएको छ। महानदीछेउ चिउरीभिरमा भएको पैह्रोले यस राजमार्गलाई चुँड़ाएको हो।

पैह्रोले राजमार्ग ५५ को ठूलो भाग सोहोरेको छ, जसका कारण ससाना वाहनसमेत छिर्नसक्ने अवस्था छैन।

जुन ठाउँमा पैह्रो गएको छ, त्यस ठाउँमा केही वर्षदेखि राजमार्ग भासिँदै गइरहेको थियो।

पैह्रोले ठूलो क्षति पुऱ्याएर राष्ट्रिय राजमार्ग ५५ -मा पुनः वाहनहरूका चलाचल ठप्प बनेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here