४ दिनपछि पैह्रोबाट निकालियो सुमनको शव

0
1222

दार्जिलिङ, २३ अक्टोबरः ४ दिनको कठोर परिश्रमपछि बेपत्ता बनेका दार्जिलिङका महकुमा अधिकारी बङ्लोका सुरक्षाकर्मी सुमन थापाको शव आज बिहान पैह्रोबाट बाहिर निकालियो, जसलाई स्थानीय डाली पुलिस खेल मैदानमा गार्ड अव् अनर दिइयो।

गत १९ अक्टोबरको राति आएको पैह्रोको चपेटमा परेर बेपत्ता बनेका एसडीओ बङ्लोका सुरक्षाकर्मी सुमन थापाको शव हिजो राति नै पैह्रोको पुरिएको अवस्थामा भेटिएको थियो, तर रातको अन्धकार बढ़ेका कारण अनि सुमनको शव नराम्रोघतले पैह्रोमा फँसिएका कारण उद्धार कार्यमा खटिरहेका एनडीआरएफ (नेशनल डिजास्टर रेस्पोन्स फोर्स)-का साथै जिल्ला प्रशासनले आज बिहान मात्र उनको शव सुरक्षित ढङ्गले त्यहाँबाट निकाल्ने निर्णय लिएका थिए।

यसै निर्णयका अनुसार, आज बिहान लगभग १०.३० बजेतिर उनको शव पैह्रोभित्रबाट निकालिएको हो।

आवश्यक औपचारिकतापछि डालीस्थित पुलिस लाइनको खेल मैदानमा लगेर गार्ड अव् अनर प्रदान गरिएपछि थापाको शव उनको परिवारलाई सुम्पिइएको छ।

गत १८ अक्टोबरको साँझदेखि पर्न थालेको मुसलधारे वर्षाले दार्जिलिङ पहाड़का धेरैवटा स्थानमा पैह्रो गएको थियो भने दार्जिलिङ एसडीओ बङ्लो छेउमा पनि भयावह पैह्रो गएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here