पैह्रोले पुऱ्याएको क्षयक्षति बुझ्न बिष्ट पुगे सौरेनी

0
934

-अजित विश्व

मिरिक, २३ अक्टोबरः गत १८ अक्टोबरका रातिदेखि लगातार तीन दिनसम्म परेको वर्षाका कारण पहाडका विभिन्न क्षेत्रमा साना-ठूला धेरै पैह्रो गएका छन्।

मिरिकको सौरेनी चियाबारीअन्तर्गत कोठी गाउँ पनि पैह्रोको चपेटमा आएको छ। पैह्रोले यहाँ धेरै क्षति पुऱ्याएको छ।

यसैक्रममा दार्जिलिङका सांसद राजु बिष्ट पैह्रोले पुऱ्याएको क्षयक्षतिबारे जानकारी लिन सौरेनी चियाबारी आइपुगे। उनले यहाँ गएको पैह्रोको निरीक्षण गरेपछि पैह्रो पीडितहरूसँग कुराकानी पनि गरे।

भ्रमणपछि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै बिष्टले बेमौसम परेको पानीले दार्जिलिङ र कालेबुङमा धेरै क्षति पुऱ्याएको तथा सौरेनी चियाबारीमा पनि पैह्रोका कारण धेरै घर जोखिममा रहेको जनाए।

अहिले सौरेनी चियाबारीका ४४ घर परिवारले चियाबारीको कारखानामा आश्रय लिएका छन्।

साथै उनले पैह्रो प्रभावित परिवारहरूलाई पुनर्वास गराउने कोशिश गरिरहेको बताए।

बिष्टका अनुसार यी पैह्रो प्रभावित परिवारलाई चियाबारीकै एक सुरक्षित स्थानमा पुनर्वास गराउने पहल गरिनेछ। यस सम्बन्धमा उनले चियाबारीका मालिकपक्षसँग पनि कुराकानी गरिरहेका छन्।

यसैगरी भोलि एनडीआरएफको एक टोलीलाई सौरेनी पठाउने पनि राजु बिष्टले जानकारी गराए।

कठिन समयमा सबै एकजुट भएर अघि बढ़्नुपर्ने उनको भनाइ छ। यति मात्र होइन आफ्नो पक्षबाट हुनसक्ने सबै प्रकार सहयोग गर्न आफू बिष्टले प्रभावित परिवारलाई आश्वासन दिएका छन्।

यसैगरी प्रभावितहरूलाई पुनर्वास गराएपछि प्रधानमन्त्री अवास योजनाअन्तर्गत घर निर्माणका लागि पहल पनि गरिदिने उनको भनाइ छ।

आजको भ्रमणअवधि सांसद राजु बिष्टसँगै खरसाङ क्षेत्रका विधायक बीपी बजगाइँ, भाजपा सौरेनी मण्डल अध्यक्ष तुलसी मास्के, भाजपा नेता अरुण घिसिङलगायत अन्य थिए। सौरेनी भ्रमणपछि उनले दार्जिलिङ विधानसभा क्षेत्रका पैह्रोग्रस्त क्षेत्रको पनि भ्रमण गरी क्षयक्षतिबारे जानकारी लिए

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here