खोलियो राष्ट्रिय राजमार्ग १०

0
988

कालेबुङ, २६ अक्टोबरः ६ दिनपछि राष्ट्रिय राजमार्ग १० आजदेखि खोलिएको छ।

पछिल्लो २० अक्टोबरका राति बिरिक डाँड़ाछेउ गएको ठूलो पैह्रोका कारण बन्द भएको राष्ट्रिय राजमार्ग १० पूर्ण रूपले बन्द भएको थियो।

आज अपराह्न ४ बजेदेखि हाइवेमा यातायात सुचारू बनेको हो। बाटो खुलाउनका लागि विभागले दिन-रात कार्य गरिरहेको थियो।

भित्ता काटेर बाटो बनाउने कार्य विभागमा दिन-रात लागिपरेकै कारण ६ दिनपछि राष्ट्रिय राजमार्गमा वाहनहरूका चलाचल सुचारू बनेको हो।

उल्लेखनीय छ, २० अक्टोबरका राति करिब १०.३० बजे बिरिक डाँड़ाछेउ गएको ठूलो पैह्रोले राष्ट्रिय राजमार्गलाई पूर्ण क्षति पुऱ्याएको छ।

पैह्रोले राजमार्गको ठूलो भागलाई सोहोरेर लगेपछि विभागले भित्ता काटेर बाटो बनाएको हो।

यसैबिच, बाटो खुलिएपछि पछिल्ला ६ दिनदेखि हाइवेमा फँसेका मालवाहक वाहनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।

स्मरणरहोस्, राष्ट्रिय राजमार्ग १९ अक्टोबरदेखि बन्द भएको थियो। तर २० अक्टोबरका राति करिब ९.३० बजे सेतीझोड़ाको पैह्रो विभागले सफा गरेपछि करिब एक घण्टा यातायात सुचारू बनेपछि राति करिब १०.३० बजे बिरिक डाँड़ाछेउ गएको पैह्रोका कारण राजमार्गमा वाहनहरूका चलाचल पूर्ण ठप्प बनेको थियो।

अर्कोतिर, राष्ट्रिय राजमार्ग १० बन्द भएपछि सिक्किम र कालेबुङका सिलगढ़ीगामी वाहनहरू पेशोक र लाभाका बाटो भएर गुड़िरहेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here