दार्जिलिङ हिल युनिभर्सिटीको सञ्चालन शुरू गर्नुपर्ने, भवन पछि बनिने

0
1156

खरसाङ, २६ अक्टोबरः दार्जिलिङ हिल युनिभर्सिटीको सञ्चालन शुरू गर्दै गर्नुपर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले आज बताइन्।

उनले दार्जिलिङ हिल युनिभर्सिटीको भवन निर्माणकार्य शुरू नभए तापनि कुनै भवनमा कक्षा भने सञ्चालन गर्दै गर्नुपर्ने, भवन पछिबाट बनिने बताइन्।

मुख्यमन्त्रीका अनुसार मुशिर्दाबादलगायत अन्य धेरै ठाउँमा पनि यस्तै व्यवस्था गरिएको छ।

यसैबिच अनित थापाले डाउहिल र भिक्टोरिया दुईवटा ठूल्ठूला स्कूल रहेकाले यी दुई स्कूलमा दार्जिलिङ हिल युनिभर्सिटीको कक्षा सञ्चालन गर्नसकिने बताए।

अर्कोतिर अमरसिंह राईले दार्जिलिङ युनिभर्सिटीको उपकुलपति अहिलेसम्म नियुक्त नभएकोबारे जानकारी गराए। साथै उनले दार्जिलिङ हिल युनिभर्सिटीको भवन नबनेसम्म खरसाङको डाउहिलमा निर्माणाधीन प्रेसिडेन्सी कलेजमा कक्षा सञ्चालन शुरू गर्नसक्ने बताए। किनभने प्रेसिडेन्सी कलेजको निर्माणकार्य ९० प्रतिशत पूरा भइसकेको राईको भनाइ थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here