विमललाई अर्को झट्का लाग्दै, तोप्देन भोटियाले मोर्चाबाट आज राजीनामा दिने

0
1134

कालेबुङ, २७ अक्टोबरः विमल गुरुङलाई कालेबुङबाट थप अर्को ठूलो झट्का लाग्दैछ।

आज कालेबुङ जिल्ला समितिका महासचिव तोप्देन भोटियाले गोजमुमोबाट राजीनामा दिँदैछन्।

पार्टीभित्र मनमुटाउ भएकै कारण उनले मोर्चा छाड़्ने भएका हुन्।

आज ११ बजे स्थानीय उनले सिलवर ओक्समा पत्रकारहरूलाई सम्बोधन गर्नेछन्, जहाँ राजीनामा दिनुका कारण खुलाउनेछन्।

“राजीनामा दिनुका धेरै कारण छन्”, उनले जनसंवादसँग टेलिफोनिक कुराकानीमा भने, “पत्रकार सम्मेलनमै सबै कारण बताउनेछु।”

केही दिनअघि मोर्चाका दुई कर्मठ युवा कार्यकर्ता वीरेन भुजेल र सुपेन्द्र प्रधानले राजीनामा दिएका थिए।

यसरी एकपछि अर्का राजीनामा मोर्चाभित्र धेरै कुरा ठीक नचलिरहेको स्पष्ट भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here