क्रामाकपाका वरिष्ठ नेता तारामणि राईको निधन

0
910

सिलगढ़ी, २७ अक्टोबरः क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-का वरिष्ठ नेता तारामणि राईको आज बिहान निधन भएको छ।

लामो समयदेखि मधुमेह र किडिनीसम्बन्धी रोगले थलिएका उनको आज बिहान ५. ३० बजे सिलगढ़ीको एक नर्सिङ होममा निधन भएको बताइएको छ।

पारिवारिक सूत्रका अनुसार २५ अक्टोबरका दिन राईको स्वास्थ्य अवस्था बिग्रेपछि उक्त नर्सिङ होममा भर्ना गरिएको थियो।

क्रामाकपाका संस्थापक सदस्यसमेत रहेका उनी पछि महासचिव पनि बनेका थिए। तर पछिल्ला केही समयदेखि स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिदेखि टाढ़ा बसेका थिए।

राईको जन्म २६ दिसम्बरका १९५२-मा गोरुबथानको भएको थियो। उनको निधनमा राजनीतिक पार्टीका नेतृत्वहरूले गहिरो शोक व्यक्त गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here