कालेबुङ, ३१ अक्टोबरः निमा तामाङ गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) कालेबुङ जिल्ला समितिका महासचिव बनेका छन्।
तोप्देन भोटियाले केही दिनअघि मोर्चाबाट राजीनामा दिएसँगै यो पद रिक्त बनेको थियो भने आज तामाङलाई जिल्ला समिति महासचिव नियुक्त गरिएको हो।
उल्लेखनीय छ, आज एक सभाबिच गोजमुमो कालेबुङ जिल्लाको पूर्णाङ्ग कमिटी गठन गरिएको हो, जसमा निमा तामाङलाई महासचिव पदमा नियुक्त गरिएको हो।
सभामा विमल गुरुङको विशेष उपस्थिति थियो।