दिल्ली, १८ नोभेम्बरः दिल्लीको जङ्गपुरा एक्टसेन्सनमा दुई गोर्खा युवतीको हत्याका पाँच आरोपित युवकलाई पुलिसले पक्राउ गरेको छ।
पक्राउ परेका पाँच आरोपित प्रशान्त, सचित, अनिकेत, रमेश र धनञ्जयको रूपमा चिह्नित गरिएको छ।
केरकारअवधि पक्रा परेका पाँच आरोपितले चोरीपछि दुई गोर्खा युवतीको हत्या गरेको स्वीकारेका छन्।
पाँचैजना चोरी गर्न कोठीमा पसेका थिए, जहाँ मिरिक चन्द्रमान गाउँ थर्पुनिवासी मीना राई र मगरजुङ्ग चियाकमाननिवासी सुजला गुरुङ प्रधान सहायकका रूपमा कार्य गर्थे।
चोरीको प्रतिकार गर्दा यी पाँच युवकले मीना र सुजलाको निर्ममतार्वक हत्या गरेको केरकारअवधि खुलिएको छ।
उल्लेखनीय छ, १५ नोभेम्बरका राति मीना र सुजलाको हत्या भएको थियो भने १६ नोभेम्बरका दिन पोस्टमर्टमपछि दुवैको अन्तिम संस्कार दिल्लीमै गरिएको थियो।
दिल्लीको दक्षिण-पूर्व जिल्लाकी डीसीपी ईशा पाण्डेले बताएअनुसार यस हत्याको जाँच गर्न एक टिम बनाइएको थियो, जसमा इन्स्पेक्टर एशवीर सिंह र सबइन्स्पेक्टर मनोज भास्कर र अन्य थिए। यसै टिमले यी पाँच आरोपितलाई हिजो पक्राउ गरेको हो।
पुलिस जाँचमा पत्तो लागेअनुसार पक्रा परेका आरोपित सचित सक्सेनाका आफन्त दुई वर्षअघि उक्तमा काम गर्थे। तर, पछि ती आफन्तले काम छाड़े। सचितले नै अन्य आरोपितहरूलाई कोठीमा अत्यधिक पैसा रहेको बताएका थिए। त्यसपछि उनीहरूले कोठीमा चोरी गर्ने योजनामा बनाएका थिए।
पुलिसका अनुसार आरोपितहरूले एक महिनासम्म कोठीको रेकी गरेका थिए। चोरी र हत्या योजनाबद्ध तरिकाले गरेका थिए। लोकेसन पुलिसले पत्तो पाउन नसकोस् भनेर आरोपितहरूले घटनाका दिन आ-आफ्नो फोन पनि बोकेका थिएनन्।
यति मात्र होइन, आरोपितहरूले चोरी र हत्यापछि कोठीमा रहेको सीसीटीभी क्यामेराको डीभीआर पनि निकालेर लगेका थिए। तर, छिमेकमा रहेको सीसीटीभीमा पाँचजना युवक कोठीभित्र प्रवेश गरिरहेको रेकर्ड भएको थियो।
यही सीसीटीभी क्यामेराबाट आरोपितहरूका पहिलो सुइँको पुलिसले पाएको थियो।
आरोपितहरू जब कोठीमा चोरी गर्न पसे, तब मीना र सुजलाले यसको प्रतिकार गरे, जसका कारण आरोपितहरूले दुवैजनाको निर्ममतापूर्वक हत्या गरे।
पुलिसले आरोपितहरूबाट ९० लाख रुपियाँ र सीसीटीभीको डीभीआरलगायत ७ वटा मोबाइल फोन पनि बरामद गरेको छ। अब सबै आरोपितसँग पुलिसले थप केरकार गरिरहेको छ।
-जी न्युज