गान्तोक, १ दिसम्बरः सिक्किमका पूर्व मन्त्री एवं समाजसेवक थुकचुक लाचुङ्पाको निधन भएको छ।
केही समयदेखि बिरामी रहेका उनी दिल्लीमा उपचाराधीन थिए । आज दिउँसो करिब २ बजे नयाँ लाचुङ्पाको निधन भएको पारिवारिक सूत्रले जानकारी दिएको छ ।
उनको पार्थिव शरीर भोलि राजधानी गान्तोक ल्याइने थाहा लागेको छ ।
नरबहादुर भण्डारीनेतृत्व सङ्ग्राम पार्टीको सरकारमा वन मन्त्री बनेका थुकचुक लाचुङ्पाको निधनमा मुख्यमन्त्री पीएस गोलेले गहिरो शोक व्यक्त गरेका छन् ।
आफ्नो शोक सन्देशमा मुख्यमन्त्री गोलेले थुकचुक लाचुङ्पा आफ्नो जीवनकालमा परोपकारी गतिविधि र विशेष गरी युवा समुदायमा स्वास्थ्य र फिटनेसमा प्रोत्साहन गर्ने कार्यमा पोख्त रहेको बताएका छन् ।
एउटा सकारात्मक चरित्र भएका लाचुङ्पाको निधनले सिक्किमेली समाजमा शून्यता पैदा गरेको मुख्यमन्त्रीले बताएका छन् ।
मुख्यमन्त्रीले दिवङ्गतको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।
लाचुङ्पाको निधनमा आज साँझ गान्तोकको मायल्मु सङ्घले आत्माशान्तिका लागि प्रार्थना आयोजन गर्यो।