जनवरी महिनादेखि मिनिमम् वेजेस एक्ट लागु हुने सम्भावना

0
1142

दार्जिलिङ, ३ दिसम्बरः राज्यका श्रममन्त्री बेचाराम मन्नाले पनि अर्को वर्ष २०२२-को जनवरी महिनादेखि नै चियाश्रमिकहरूका लागि मिनिमम वेजेस एक्ट लागु हुने स्पष्ट सङ्केत दिएका छन्।

यस विषय लिएर चियाबगान मालिकपक्ष र श्रमिक सङ्गठनहरू लगभग सहमतिमा आइसकेको जानकारी गराउँदै मन्त्री मन्नाले जनवरी महिनादेखि चियाश्रमिकहरूले मिनिमम वेजेस एक्टअनुसार, दैनिक रोजी पाउन शुरू गर्ने पनि जानकारी गराए।

यति मात्रै होइन, मन्त्री मन्नाले विगत कैयौँ वर्षदेखि अचल अवस्थामा रहेका दार्जिलिङका कलेजभेल्ली र पेशोक चियाबगान पनि ७-८ दिनभित्र खोलिने जानकारी गराए।

यद्यपि, उनले पर्जा-पट्टाको विषयबारे प्रश्न गर्दा यसबारे केही भन्ने वा गर्ने जिम्मेवारी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको हातमा नै रहेको पनि बताए।

अर्कोतिर उनले दार्जिलिङ, सिलगढ़ी, अलिपुरद्वार र जलपाइगढ़ीलाई चार जोनमा विभाजन गरी टी गोल्ड कप फुटबल आउँदो वर्षको फरवरी महिनादेखि आयोजना गरिने पनि जानकारी गराए।

दार्जिलिङ भ्रमणमा आएका मन्त्री मन्नाले आज यहाँका चियाश्रमिकहरूका विविध समस्या विषय लिएर स्थानीय सर्किट हाउसमा विभिन्न श्रमिक सङ्गठनहरूसँग एक बैठक गरे।

यस बैठकपछि उनले दार्जिलिङका केही चियाबगानका भ्रमण गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here