नयाँ दिल्ली, ५ दिसम्बरः दिल्लीमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको पहिलो मामिला अघि आएको छ।
आइतबार दिल्लीमा ओमिक्रोन भेरिएन्टको पहिलो मामिला पुष्टि भएको हो। सङ्क्रमित व्यक्ति अफ्रिकी देश तन्जानियाबाट दिल्ली फर्केका हुन्।
“दिल्लीमा ओमिक्रोनको पहिलो मामिला अघि आएको छ। सङ्क्रमित व्यक्ति एलएनजेपी अस्पतालमा भर्ती थिए। उनी केही दिनअघि तन्जानियाबाट फर्केका थिए”, दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले भने, “अहिलेसम्म विदेशबाट आएका १७ जना व्यक्ति कोरोना सङ्क्रमित पाइएका छन्। उनीहरूलाई अस्पतालमा भर्ती गरिएको छ।”
दिल्लीमा ओमिक्रोन भेरिएन्टको पहिलो मामिला पाइएपछि देशमा यसको कुल मामिला पाँच पुगेको छ। सबैभन्दा पहिला कर्नाटकमा ओमिक्रोन भेरिएन्टका दुईवटा मामिला पुष्टि भएका थिए। त्यसपछिगुजरात र महाराष्ट्रमा एक-एकवटा मामिला पुष्टि भएको छ।