दार्जिलिङ, ५ दिसम्बरः छुट्टै राज्य गोर्खाल्यान्ड माग्दै गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले आजदेखि दिल्लीको जन्तरमन्तरमा धर्ना शुरू गरेको छ।
संसद चलिरहेको बेला केन्द्र सरकारलाई चाप सृष्टि गर्न यस समूहले आजदेखि धर्ना कार्यक्रम गरेको हो।
धर्नामा गोर्खाल्यान्ड एक्टिभिस्ट समूहका सदस्य र दिल्लीमा रहेका गोर्खाहरूले भाग लिएका छन्।
यो धर्ना दुई दिन हुनेछ।
आजका धर्नालाई किशोर प्रधान, विक्रम छेत्री, टीका भाइ, विन्द्या डुक्पा, किरण बिके र मनोज शङ्कर आदिले पनि सम्बोधन गरेका थिए।
हेर्नुस् भिडियो…