जीटीए चुनाउ मनगढन्ते कुरा, स्थायी राजनीतिक समाधानपछि चुनाउ हुनेछः विमल

0
868

सिलगढ़ी, ७ दिसम्बरः दार्जिलिङ पहाड़को राजनीतिक समाधानपछि मात्र चुनाउका कुरा आउने गोजमुमो प्रमुख विमल गुरुङले बताएका छन्।

एक साताभन्दा लामो कोलकाता भ्रमणपछि आज दार्जिलिङ फर्केका उनले एनजेपी रेलवे स्टेशनमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा जीटीए चुनाउ अहिले नै तय नभइहालेको र यो मनगढन्ते कुरा रहेको बताएका हुन्।

गुरुङका अनुसार स्थायी राजनीतिक समाधानपछि मात्र चुनाउका कुरा आउनेछ।

यति मात्र होइन, उनले कोलकाता भ्रमणलाई फलप्रद पनि बताएका छन्।

उल्लेखनीय छ, अनित थापा नेतृत्व भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले लगातार रूपमा जीटीए चुनाउ हुनुपर्ने माग गर्दै आइरहेको छ।

यति मात्र होइन, भागोप्रमोले चुनाउको तयारीसमेत गरिसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here