दिल्लीमा गोर्खाल्यान्डको नारा, दोस्रो दिनको धर्ना शुरू

0
894

दार्जिलिङ, ५ दिसम्बरः वी वान्ट गोर्खाल्यान्डको नारा आज फेरि एकपटक दिल्लीमा लागेको छ।

गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले छुट्टै राज्यको मागमा दिल्लीको जन्तरमन्तरमा आयोजन गरेको धर्नामा वी वान्ट गोर्खाल्यान्डको नारा लागेको हो।

संसद चलिरहेको बेला केन्द्र सरकारलाई गोर्खाल्यान्ड गठनका लागि चाप सृष्टि गर्न यस समूहले जन्तरमन्तरमा धर्ना कार्यक्रम गरेको हो।

आज धर्नाको दोस्रो तथा अन्तिम दिन हो।

पछिल्लो आइतबार अर्थात ५ दिसम्बरका दिन पनि गोर्खाल्यान्डको मागमा गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले धर्ना दिएको थियो।

धर्नामा दिल्ली तथा एनसीआरमा रहेका गोर्खाहरूले सहभागिता जनाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here