असहायहरूको स्याहार सुसार गर्दै नमस्ते फाउन्डेशन

0
1423
शनिवार  मेनोर एक्टिभिटी गर्दै  नमस्ते फाउन्डेशनका सदस्यहरू। 

दार्जीलिङ, 15 सेप्टेम्बर समाज र परिवारबाट उपेक्षित र अवहेलित भई सड़क पेटीमा बाँच्न विवश असहायहरूको सेवा गर्नका लागि भनेर गठित  नमस्ते फाउन्डेशनले शनिवार मेनोर एक्टिभिटी गऱ्यो। फाउन्डेशनले आज आफ्नो मेनोर एक्टिभिटी स्थानीय हेडेन हलमा गरेको थियो। यो सेवाकार्य अन्तर्गत् यसका सदस्यहरूले कुल सातजना असहायलाई सरसफाइ गरी लुगाफाटा फेरिन दिनका साथै भोजन पनि खुवाएका थिए। असहायहरूलाई खुवाइएको भोजनको प्रबन्ध सामाजिक सङ्गठन मणि ट्रस्टले गरेको थियो।
नमस्ते फाउन्डेशनकी अध्यक्ष पिङ्की विश्वकर्मका अनुसार प्रतिमहिना गरिने मेनोर एक्टिभिटीअन्तर्गत आज असहायहरूको सेवामा यसका सदस्यहरू जुटेका थिए। भोजनको प्रबन्ध गरी सहयोग पुऱ्याएकोमा मणि ट्रस्टप्रति नमस्ते फाउन्डेशनले आभार प्रकट गरेको छ। उनका अनुसार नमस्ते फाउन्डेशन असहायहरूको सेवा गर्नका लागि भनेर गठन गरिएको हो। यसका सदस्यहरू प्रतिदिन असहायहरूलाई सेवा गर्नका लागि तत्पर रहने गरेका छन्। नमस्ते फाउन्डेशनले केवल असहायहरूलाई स्याहार सुसार गर्ने मात्र होइन तर आफन्त नभएका बिरामी र मानसिक रोगीहरूको स्वास्थ्य उपचारका लागि पनि उत्तिकै सक्रिय देखिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here