३ जनवरीदेखि १५ देखि १८ वर्षसम्मकालाई भ्याक्सिन

0
922

नयाँ दिल्ली, २६ जनवरीः आउँदो ३ जनवरीदेखि १५ देखि १८ वर्षसम्मकालाई कोरोनाको भ्याक्सिन लगाइनेछ।

हिजो (शनिबार) राति देशलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन्।

हिजै मात्र ड्रग कन्ट्रोलर जनरल अव् इन्डिया (डीसीजीआई)-ले भारत बायोटेकको कोरोना भ्याक्सिन कोभ्याक्सिनलाई नानीहरूका लागि आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ।

प्रधानमन्त्रीका अनुसार देशमा करिब ६१ प्रतिशत मानिसले भ्याक्सिनको दुवै डोज लगाइसकेका छन्।

अर्कोतर्फ आउँदो १० जनवरीदेखि स्वास्थ्यकर्मी र फ्रन्टलाइन वर्कर्सलाई कोविड भ्याक्सिनको बुस्टर डोज लगाइनेछ।

१० जनवरीदेखि नै अन्य रोगहरूले ग्रसित (कोमरबिडिटी) वृद्ध-वृद्धाहरूलाई पनि चिकित्सकको परामर्शअनुसार बुस्टर डोज (Precaution Dose) लगाइनेछ।

आफ्नो १३ मिनटको सम्बोधनमा प्रधानमन्त्रीले ओमिक्रोनबाट डराउनका सट्टा सतर्क रहन देशवासीलाई अपील गरे। साथै देशमा १८ लाख आइसोलेशन बेडको सुविधा रहेको पनि  बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here