छविलाल उपाध्यायलाई साहित्य अकादमी पुरस्कार

0
1059

सिलगढी, ३० दिसम्बरः  वर्ष २०२१ को साहित्य अकादमी पुरस्कार असमेली साहित्यकार छविलाल उपाध्यायले पाएका छन्।

महाकाव्य उषा अनिरुद्ध-का लागि उनले साहित्य अकादमी पुरस्कार प्राप्त गरेका हुन्।

उषा अनिरुद्ध २०१८ सालमा प्रकाशित महाकाव्य हो।

साहित्य अकादमी नयाँ दिल्लीले आज वर्ष २०२१ का साहित्य अकादमी पुरस्कार प्राप्त कृति र कृतिकारका नाम घोषणा गरेको हो।

नेपाली भाषाको कृति छनौटका लागि जुरी सदस्यका रूपमा भूपेन्द्र अधिकारी, विन्द्या सुब्बा र रूद्र पौड्याल थिए।

साहित्यकार छविलाल उपाध्यायका मौलिक र अनूदित गरी ३० वटा कृति प्रकाशित छन्।

असमिया र हिन्दी भाषामा पनि लेख्न गरेका यी अग्रज साहित्यकारले १९९८ मा नै साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गरिसकेका छन्।

उनले अनूदित कृति चन्द्रगुप्ता-मा यो पुरस्कार प्राप्त गरेका हुन्।

कविता, कथा लेखनमा पोख्त साहित्यकार छविलाल उपाध्याय समालोचनामा पनि उत्तिकै दह्रो कलम चलाउँछन्।

उनका अन्य प्रकाशित मौलिक कृतिहरूमा लीलबहादुर छेत्री तथा उनको ब्रह्मपुत्रको छेउछाउ-१९९०), शाकुन्तल महाकाव्य : एक दृष्टि-२००१, देवकोटाको व्यक्तित्व तथा उनको मुनामदन-२००५ छन्द र अलङ्कार २०११,  उत्तर-पूर्वाञ्चल भारतीय नेपाली साहित्यको गतिविधि: एकदृष्टि-२०१२, समीक्षात्मक निबन्धहरू-२०१२, स्रष्टा सृष्टि तथा दृष्टि २०२१ (समालोचना सङ्ग्रह) छवि कविता सङ्ग्रह -२०००, कवि र कविता -२००८, कल्पना माधुरी-२०११, काव्यसेतु -२०१७, मेरो जन्मभूमि-२०२१ (कविता सङ्ग्रह), पवन दूत-१९९०, अस्तित्व बोध-१९९१, कामरूपा (खण्डकाव्य), देवकोटा २००२, लोहित्य-२०१४, औडाहामा बाँचेको जीवन (कथा सङ्ग्रह), निबन्धावली-२०१३, सम्झनाका लहरहरू (आत्मकथा)-२०१४, भूमिकै भूमिका २०१५ , विविधावली २०२० आदि प्रकाशित छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here