दार्जिलिङमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

0
975

दार्जिलिङ, १० जनवरीः दार्जिलिङमा आज कोरोना सङ्क्रमित एकजना महिलाको मृत्यु भएको छ।

दार्जिलिङ जिल्ला अस्पतालका सुपरिडेन्डेन्ट डा.  सुभाशिष चन्दाले जानकारी गराएअनुसार कोरोना सङ्क्रमित एक ६८ वर्षीय महिलाको आज मध्याह्न करिब साढ़े बाह्रमा मृत्यु भएको हो।

जानकारीका अनुसार कोरोना सङ्क्रमित ती महिला २ जनवरीका दिन दार्जिलिङ जिल्ला अस्पतालमा भर्ती भएकी थिइन्। मृतक महिला दार्जिलिङ महकुमानिवासी हुन्। डा. चन्दाले थप अनुसार ती महिला अन्य रोगले पनि ग्रसित थिइन्।

कोविड प्रोटोकल्सअनुसार आजै ती महिलाको अन्तिम संस्कार गरिएको छ।

अर्कोतर्फ कोरोनाको सङ्क्रमणबाट बच्नका लागि सतर्क र सुरक्षित बस्न तथा कोविड नियमलाई पालन गर्न दार्जिलिङवासीसमक्ष डा. सुभाशिष चन्दाले अनुरोध गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here