सिलगढी, १५ जनवरीः मखमली स्वरका धनी वरिष्ठ गायक कुमार सुब्बा बिरामी भएकाले सिलगढीको मतिगढास्थित एक निजी नर्सिङ होममा उपचाराधीन छन्।
स्वास्थ्य अवस्था सिकिस्त रहेकाले उनलाई भेन्टिलेटरमा राखिएको पारिवारिक पक्षले बताएको छ।
आज बिहानैदेखि यी लिजेन्डरी गायकको मृत्युको अपुष्ट खबर सोशल साइट फेसबुकभरि छरिएको थियो, जुन खबर साँचो होइन।
लामो समयदेखि बिरामी रहेका उनलाई चार दिनअघि यस नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो।