वरिष्ठ गायक कुमार सुब्बाको निधन

0
1073

सिलगढी, १६ जनवरीः मखमली स्वरका धनी वरिष्ठ गायक कुमार सुब्बा अब हामीमाझ सशरीर रहेनन्।

हिजो शनिबार राति १० बजे सिलगढ़ीको एक नर्सिङ होममा उपचारका क्रममा निधन भएको पारिवारिक सूत्रले बताएको छ। उनी ७८ वर्ष पुगेका थिए।

सिकिस्त बनेपछि उनलाई चार दिनअघि उक्त नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो।

मुटुका रोगी यी वरिष्ठ गायक केही समयदेखि ओछ्यान परेका थिए।

११ मार्च १९४४ मा दार्जिलिङमा जन्मेका सुब्बाले मनबहादुर मुखियाको मास्टरपिस नाटक अनि देवराली रुन्छमा रहेका गीत हे फूल चुँड़ेर लाने होसारङ्गीको तार मेरो मनको गीत गाउँछ गाएर सर्वत्र चर्चा कमाएका थिए।

उनले गाएका अन्य चर्चित गीतहरूमा मेरो सानो मुरलीमा मेरो देश नआँट्ला, सम्हाल पछ्यौरी यो, फूल भए फेरिके भनौँ, हिमालको चोखो, आज बस नजिक, जोबनमा जोगिएरपिरती मेरो आदि प्रमुख रहेका छन्।

वरिष्ठ गायक कुमार सुब्बाको निधनले दार्जिलिङमा शोकको लहर छाएको छ।

पारिवारिक सूत्रका अनुसार गायक पार्थिव शरीर आज दार्जिलिङको लेबोङस्थित मूल घरमा लगिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here