२७ फरवरी दार्जिलिङसहित राज्यका १०८ नगरपालिकाको चुनाउ

0
854

दार्जिलिङ, ३ फरवरीः दार्जिलिङ नगरपालिकासहित राज्यका १०८ नगरपालिकाको चुनाउ आउँदो २७ फरवरीका दिन हुनेछ। मतगणना ८ मार्चका दिन हुनेछ।

आज पश्चिम बङ्गाल राज्य चुनाउ आयोगले यस सम्बन्धमा एक अधिसूचना जारी गरेको छ।

आजैदेखि चुनाउ आचारसंहिता लागू भएको छ।

अधिसूचनाका अनुसार नामाङ्कन-पत्र बुझाउने अन्तिम तारिख ९ फरवरी रहेको छ। १० फरवरीका दिन नामाङ्कन पत्रको जाँच गरिनेछ। नामाङ्कन-पत्र फिर्ता लिने अन्तिम तारिख १२ फरवरी रहेको छ।

दार्जिलिङ नगरपालिका चुनाउ २७ फरवरीका दिन हुने भए तापनि कालेबुङ, खरसाङ र मिरिक नगरपालिका चुनाउ पछि हुनेछ।

दार्जिलिङ नगरपालिकाका चुनाउलाई लक्ष्य राखेर विभिन्न राजनीतिक दलले अघिबाटै तयारी शुरू गरिसकेका छन्। दार्जिलिङ पहाडमा यसपटक स्पष्ट जनाधार रहेको कुनै एक बलियो दल नभएका कारण यसपटक दार्जिलिङ नगरपालिकाको चुनाउ रोचक बन्ने निश्चित छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here