बङ्गालमा चुनाउ हुनसक्ने अवस्था छैन : मुकुल राय

0
1089
मुकुल राय (फोटो सौजन्य : इन्टरनेट)

कोलकाता, 5 मार्च : प्रदेश भाजपाको एक शीर्ष प्रतिनिधि टोलीले  सोमबार चुनाउ आयोगलाई भेट गरी राज्यको वर्तमान स्थितिबारे अवगत गरायो।  राष्ट्रीय कार्यकारी सदस्य मुकुल रायको अगुवाइमा गएको उक्त प्रतिनिधि टोलीमा प्रदेश महासचिव संजय सिंह र उपाध्यक्ष जय प्रकाश मजूमदारसहित अन्य थिए।

चुनाउ आयोगसँग भेट गरी पत्रकारहरूसँग कुराकानी गर्दै  मुकुल रायले भने,  “पश्चि बङ्गालको वर्तमान राजनीतिक अवस्था अत्यन्त भयावह छ, यस्तो भयावह अवस्थामा चुनाउ गराउन सकिँदैन।” उनका अनुसार बङ्गालको मुख्य विपक्षी पार्टी भाजपा हो। यदि भाजपाले कुनै राजनीतिक कार्यक्रम गर्दा तृणमूल कङ्ग्रेसका ‘गुण्डा’ र पुलिस मिलेर हमला गर्ने गरेको मुकुलको आरोप छ।

“विरोधी दलका कार्यकर्ता र नेताहरूलाई झूटो मुद्दामा फँसाइँदैछ। यसको ताजा उदाहरण आइतबार भाजपाद्वारा आयोजित बाइक ऱ्यालीमा हेर्न पाइयो”, उनले थपे, “तृणमूल कङ्ग्रेसका ‘गुण्डा’ र पुलिसको हमलामा सयौं भाजपा कार्यकर्ता घाइते भएका छन्।”

यी भाजपा नेताका अनुसार यसबाट पनि बङ्गालमा लोकतन्त्र नरहेको प्रमाणित हुन्छ। “लोकतन्त्र नै छैन भने लोकतान्त्रिक प्रक्रियाअन्तर्गत निष्पक्ष चुनाउको कुरा बेइमानी मात्र हो। यस्तो अवस्थामा चुनाउ कसरी हुनुसक्छ?”, मुकुलले प्रश्न गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here