भारत रत्न लता मङ्गेशकरको निधन

0
945
फोटो स्रोतः नवभारत टाइम्स।

मुम्बई, ६ फरवरीः अब हामीमाझ सशरीर रहिनन् भारत रत्न लता मङ्गेशकर।

आज मुम्बईको ब्रिज क्यान्डी अस्पतालमा उनको निधन भएको हो।

उनी ९२ वर्ष पुगेकी थिइन्। उनको निधनले देश गहिरो शोकमा डुबेको छ।

आफ्नो कोकिल कण्ठले विश्वभर कीर्ति कमाएकी यी लिजेन्डरी गायिका पछिल्लो समय कोरोना सङ्क्रमित बनेकी थिइन्। उनलाई निमोनिया पनि भएको थियो।

८ जनवरीका दिन कोरोना सङ्क्रमित बनेको पुष्टि बनेपछि उनलाई तत्कालै ब्रिज क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई गहन चिकित्सा कक्षा (आईसीयू) राखिएको थियो।

भारतकी नाइटेङ्गल नामले विश्वप्रसिद्ध लता मङ्गेशकरले ५ दशकभन्दा बढ़ी समय हिन्दी सिनेमामा फिमेल प्लेब्याक सिङ्गिङमा एकछत्र राज गरेकी थिइन्।

उनले विभिन्न भाषामा ३० हजारभन्दा बढ़ी गीत गाएकी छन्, जुन कुनै गायकका लागि एक रेकर्ड नै हुन्।

२८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दौरमा जन्मेकी लता मङ्गेशकरले १९४२-मा १३ वर्षकी उमेरदेखि नै गायन करियर शुरू गरेकी थिइन्।

२००१ मा उनलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मानित गरिएको थियो। यसभन्दा अघि उनले पद्मविभूषण, पद्मभूषण, दादा साहेब फाल्के पुरस्कारले सम्मानित गरिएको थियो।

यी स्वर साम्राज्ञीको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका अन्य राजनीतिज्ञ र विशिष्ट व्यक्तिहरूले शोक व्यक्त गरेका छन्।

-न्युज एजेन्सीहरूको सहयोगमा

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here