सिलगढी, १२ फरवरीः तस्करीका लागि नेपाल लगिरहेका दुईवटा टोकेसहित त्रिपुरानिवासी एक व्यक्ति पक्रा परेका छन्।
आज बिहान बाघडुग्रा फरेस्ट रेञ्ज, वन्यजीव अपराध नियन्त्रण शाखा र एसएसबीले संयुक्त अभियान चलाएर सुजीत रोय नामक ती व्यक्तिलाई बाघडुग्रा छेउ केस्टोपुर क्षेत्रबाट पक्राउ गरेका हुन्।
बाघडुग्रा फरेस्ट रेञ्जका रेञ्जर समीरण राजले यसबारे जानकारी गराउँदै पक्रा परेका ती व्यक्तिविरुद्ध वन्यजीव संरक्षण अधिनियम १९७२ अन्तर्गत मुद्दा दर्ता गरिएको बताएका छन्।