जनजातिको मुद्दाः बीपी बजगाइँले भेटे डा. विवेक जोशी

0
899

दार्जिलिङ, २८ फरवरीः खरसाङका भाजपा विधायक बीपी बजगाइँले आज रजिस्ट्रर जनरल एन्ड सेन्सस कमिश्नर डा. विवेक जोशीसँग भेट गरे।

जनजातिको मान्यता पाउनबाट छुटेका सबै गोर्खा जातगोष्ठीलाई अनुसूचित जनजातिको मान्यता दिइनुपर्ने माग सम्बन्धमा डा. जोशीलाई बजगाइँले भेटेका हुन्।

खरसाङका यी भाजपा विधायक केही दिनदेखि दिल्लीको भ्रमणमा छन्।

१२ अक्टोबरका दिन दिल्लीमा केन्द्रीय गृहमन्त्रालयले डाकेको बैठकमा गृहमन्त्री अमित शाहले जनजातिको मान्यताको मुद्दा सम्बन्धमा डा. विवेक जोशीसँग काम गर्न निर्देश दिएको र यसै निर्देशहरूसँग आज उनलाई यस मुद्दाविषयक भेट गरेको बजगाइँले बताएका छन्।

भेटघाट अवधि १९४१ को ब्रिटिश जनगणना प्रतिवेदनमा आजका सबै गोर्खा समुदाय आदिवासी अर्थात् जनजाति रहेको र यो जनगणना १९५१ सम्म मान्य रहेको तर सन् १९५० -मा अकस्मात् कुनै बहसबिनै गोर्खा जनजातिबाट गैरजनजातिमा परिणत गरिएको अवगत गराए।

विधायक बजगाइँले एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्-“हामी पहिले जनजातिको रूपमा सूचीकृत थियौँ, पछि बिना जानकारी हटाइयो र आज पुन: सूचीकृत भई गुमेको अधिकार फिर्ता गर्न चाहन्छौं” मैले उहाँलाई स्पष्ट रूपमा बताएको छु।‘

यति मात्र होइन, यस भेटघाटमा रजिस्ट्रर जनरल एन्ड सेन्सस कमिश्नर डा. विवेक जोशीलाई 400 भन्दा बढी पृष्ठ रहेको रिपोर्ट “Human Ecology and statutory status of ethnic entities in Sikkim” पनि उनले सुम्पिएका छन्।

‘यो प्रतिवेदन गोर्खा/नेपाली जातिका भुजेल, भुटिया, क्षेत्री, बाहुन, दमाई, देवान (याखा), गुरुङ (तमु), कामी, किरात खम्बु राई, लेप्चा, लिम्बू, मगर, नेवार, सन्यासी, सार्की, शेर्पा, सुनुवार (मुखिया) कोइञ्चाबु, तामाङ, थामी समुदायको एथनोग्राफिक रिपोर्ट हो। सिक्किमका नेपाली/गोर्खाहरूको एथनोग्राफिक स्थिति पनि हिमालयमा रहेका सबै गोर्खाहरूको जातीय स्थिति हो’, विज्ञप्तिमा थप उल्लेख गरेका छन्, ‘यसका साथै इतिहासकार बालकृष्ण पोखरेलको ८५७ पृष्ठको पुस्तक ‘खस जातिको इतिहास’, १९४१ -को सेन्सस रिपोर्ट, २८ पृष्ठको Nepali- Antiquary – A socio historical journal, Constituent Assembly of India Debates (Proceedings) – Volume II को डिबेट प्रोसिडिङ अनि गोर्खाका सबै समुदायको एथनिक लिपि पनि मैले डा. विवेक जोशीलाई हस्तान्तरण गरेको छु।‘

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here