शिक्षक नियुक्तिमा धाँधलीको आरोप, कोलकाता हाई कोर्टले दियो सीबीआई जाँचको आदेश

0
1295

कोलकाता, १ मार्चः स्कुल सर्भिस कमिसनको माध्यमद्वारा नवौँ र दशौँ श्रेणीका शिक्षकहरूका नियुक्तिमा भएको धाँधलीको जाँच अब सीबीआईले गर्नेछ।

कोलकाता उच्च न्यायालयले यस्तो आदेश सुनाएको हो।

न्यायालयको आदेशका अनुसार सीबीआईको संयुक्त निर्देशकको निगरानीमा यो मामिलाको जाँच हुनेछ।

हिजो (सोमबार) यस मामिलामाथि न्यायमूर्ति अभिजीत गाङ्गुलीको एकल पीठमा सुनवाइ गरियो।

“नवौँ र दशौँ श्रेँणीमा एसएससीद्वारा जतिजना शिक्षकलाई नियुक्ति गरिएको छ, उनीहरूका नाम सूचीमै थिएन। उनीहरूलाई कसरी नियुक्ति गरियो? यसका पछिल्तिर कुन कुन व्यक्ति छन्? यसको जाँच गरी तथ्य बाहिर ल्याइनु अत्यावश्यक छ”, सुनवाइअवधि न्यायमूर्ति अभिजीत गाङ्गुलीले भने।

उल्लेखनीय छ, यसभन्दा अघि एसएससीमार्फत ग्रुप ‘डी’-को नियुक्तिमा पनि धाँधली भएको आरोप लागिसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here