दार्जिलिङ, १२ मार्चः पूर्व सांसद एवं गोजमुमो नेता सञ्जय थुलुङ भोलि हाम्रो पार्टीमा सामेल हुँदैछन्।
जनसंवादसँगको टेलिफोनिक कुराकानीमा स्वयं थुलुङले यस कुराको पुष्टि गरेका छन्।
“हो म भोलि हाम्रो पार्टीमा सामेल हुँदैछु”, सञ्जय थुलुङले जनसंवादलाई भने।
उनी केही समययता राजनीतिदेखि पर बसेका थिए।
गोजमुमोका प्रभावशाली युवा नेताहरूमध्येका एक सञ्जय थुलुङ २०१७ को सेप्टेम्बर महिनामा गोजमुमो विमलपन्थी र विनयपन्थीमा विभाजन भएपछि विनयपन्थी मोर्चामा सामेल भएका थियो। तर, २०२१ को १५ जुलाईका दिन विनय तामाङले अध्यक्ष पदसँगै गोजमुमो २-बाट राजीनामा दिएपछि सञ्जय थुलुङले पनि गोजमुमो-२ छाडेका थिए।
त्यसपछि केही महिना थुलुङ विनय तामाङसँगै हिँडेका थिए। तर विनय तामाङले तृणमूल कङ्ग्रेसको झण्डा समाएपछि उनी मौन बसेका थिए।