सिलगढी, २२ मार्चः नेपाल झापा दमकको साहित्य कला सङ्गमद्वारा प्रदान गरिने भवानी मिश्र साहित्य पुरस्कारले यस वर्ष दार्जिलिङ सुकनानिवासी वरिष्ठ साहित्यकार नरबहादुर दाहाल सम्मानित हुँदैछन्।
साहित्य कला सङ्गमका सचिव दीपक सुवेदीका अनुसार आउँदो वैशाख १७ गते अर्थात् अप्रेल ३० तारिखका दिन एक कार्यक्रमबिच यो पुरस्कार साहित्यकार दाहाललाई अर्पण गरिनेछ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित रहनेछन्।
उल्लेखनीय छ, करिब सात दशकदेखि निरन्तर नेपाली साहित्यको सेवा गर्दै आएका यी वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई दीर्घकालीन साहित्य सेवाका लागि यो पुरस्कार प्रदान गरिएको हो।