घर समाचार गोजयुमोले गऱ्यो पोस्टरिङ- ‘जीटीए चुनाउ होइन पीपीएस हुनुपर्छ’

गोजयुमोले गऱ्यो पोस्टरिङ- ‘जीटीए चुनाउ होइन पीपीएस हुनुपर्छ’

0
991

कालेबुङ, २२ मार्चः जीटीएको चुनाउ होइन तर दार्जिलिङ पहाड तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधान चाहन्छ गोर्खा जनमुक्ति मोर्चा।

यसै मागमा आज गोर्खा जनमुक्ति युवा मोर्चाले कालेबुङ, खरसाङ , दार्जिलिङलगयात विभिन्न स्थानमा पोस्टरिङ गरेको छ।

‘हामीले जीटीए चुनाउ होइन तर स्थायी राजनीतिक समाधान चाहिन्छ’, युवा मोर्चाले पोस्टरमा भनेको छ –‘बङ्गाल सरकार अनि गोजमुमोमाझ भएको सम्झौताअनुरूप पीपीएसको वार्ता चाँडो हुनपर्छ।‘

पोस्टरमार्फत थप भनिएको छ-दार्जिलिङ पहाड, तराई अनि डुवर्सको राजनीतिक निकासका लागि राज्य सरकारले चाँडो वार्ता डाक्न पर्छ।‘

यसैबिच पत्रकारहरूलाई सम्बोधन गर्दै गोजमुमो कालेबुङ जिल्ला समितिका प्रवक्ता उमा शङ्कर पौड्यालले गोजमुमो जीटीए चुनाउको घोर विरोधमा रहेको बताए।

उनका अनुसार जीटीए चुनाउको विरोध र स्थायी राजनीतिक समाधानको मागमा आज गोजमुमोले पहाडका विभिन्न स्थानमा पोस्टरिङ गर्ने कार्य गरिरहेको छ।

“जीटीए व्यवस्था होइन तर पीपीएसमार्फत दार्जिलिङ पहाड, तराई अनि डुवर्सको राजनीतिक समाधान हुनुपर्छ”, पौड्यालले थपे।  

स्मरणरहोस्, गोजमुमोले अघिदेखि नै जीटीए चुनाउ होइन, तर दार्जिलिङ पहाड, तराई अनि डुवर्सको राजनीतिक समाधान हुनुपर्ने माग गर्दै आइरहेको छ।

स्थायी राजनीतिक समाधान विषयक गोजमुमोले आउँदो २ अप्रेलका दिन कालेबुङमा एक सङ्गोष्ठीको आयोजन गरिएको छ, जसमा स्थायी राजनीतिक समाधान कस्तो हुनपर्ने त्यसमाथि मन्थन गरिनेछ।

कुनै टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here