बाघ पुलमा विस्फोटको सुटिङ मामिलाः एकजना पक्राउ

0
972

सिलगढी, २५ मार्चः बाघ पुलमा विस्फोटको सुटिङ मामिलामा कालेबुङ पुलिसले एकजनालाई पक्राउ गरेको छ।

कालेबुङकी पुलिस अधीक्षक अपराजिता राईले जानकारी गराएअनुसार यस मामिलामा चोइताली ब्यानर्जीलाई पक्राउ गरिएको छ।

बिना अनुमति फिल्मको सुटिङ गरिएको आरोपमा उनलाई पक्राउ गरेको र यस मामिलामा एक मुद्दा दर्ता गरी थप जाँच गरिरहेको पुलिस अधीक्षक राईले थप जानकारी गराएकी छन्।

पक्रा परेकी चोइताली ब्यानर्जी क्राफ्ट मिडियाकी ओनर हुन्। उनले नै यस फिल्मको सुटिङको संयोजन गरिरहेको बताइएको छ।

उल्लेखनीय छ, बाघ पुलको मध्य भागमा आज बिहानै एक गाडीमा विस्फोट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

यो भिडियोले धेरै मानिस आतङ्कित बनेका थिए। तर पछि उक्त विस्फोट साँच्चै विस्फोट नभएर फिल्मको सुटिङ रहेको तथ्य बाहिरियो। यद्यपि करिब ८२ वर्ष पुरानो भइसकेको र हाल कमजोर अवस्थामा रहेको बाघ पुल माथि विस्फोट सुटिङलाई लिएर विवाद उठेपछि पुलिस तत्काल जाँचमा जुटेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here