सागर पोख्रेल र सुरेन लामिछानेले दिए भाजपाबाट राजीनामा

0
893

कालेबुङ, ६ अप्रेलः कालेबुङका सागर पोख्रेलले भारतीय जनता पार्टी छाडेका छन्। उनी भाजपा राज्य कार्यकारी समितिका सदस्य थिए।

पोख्रेलसँगै सुरेन लामिछानेले पनि भारतीय जनता पार्टी छाडेका छन्।

आज भारतीय जनता पार्टीको ४३औँ स्थापना दिवसकै दिन सागर पोख्रेल र सुरेन लामिछानेले पार्टीबाट राजीनामा दिएका हुन्।

उनीहरूले आफ्नो राजीनामा-पत्र ईमेलद्वारा पार्टीका राष्ट्रिय र राज्य कमिटीका अध्यक्षलाई पठाइसकेका छन्।

जाति र समाजका लागि आवाज उठाउँदा आफूहरूविरुद्ध पार्टीभित्रबाटै षड्यन्त्र भएका तथा भाजपामा बसेर जाति र समाजका लागि कुनै कार्य गर्न नसकेकाले आफूहरूले आज राजीनामा दिएको उनीहरूले खुलाएका छन्।

साथै आगत दिनमा जाति र समाजका लागि क्षेत्रीय दलमार्फत नै कार्य गर्ने सङ्केत दिएका छन्।

“हामी पहाडमा फूल चै फूल नै फुलाउनेछौँ। घाँसफूल पनि भएन। कमल फूल पनि भएन”, सागर पोख्रेलले थप भनेका छन्, “पहाडमा गुराँस-चाँप, मखमली-सयपत्री फुल्छन्। तीमध्ये हामी पनि फूल नै फुलाउनेछौँ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here