विश्वका 10 शीर्ष प्रदूषित शहरमध्ये भारतका सातवटा

0
1481
प्रदूषित दिल्ली (फोटो सौजन्य : इन्टरनेट)।

नयाँ दिल्ली, 6 मार्च : भारतका सातवटा शहर विश्वकै 10 सबैभन्दा प्रदूषित शहरमा सामेल भएका छन्। यसमध्ये पाँच शहर देशको राजधानी दिल्ली र यसका छेउछाउको राष्ट्रि राजधानी क्षेत्र (NCR) –का छन्। रिपोर्टका अनुसार एनसीआरको क्षेत्र विश्वकै सबैभन्दा ज्यादा प्रदूषित छ।

एअर भिजुअल र ग्रीनपीसद्वारा जारी वायु प्रदूषणको रिपोर्टमा वर्ष 2018 –का 12 महिनामा दुनियाँका 73 देशका 3095 शहरमा वायु गुणवत्ताको रिपोर्टलाई तुलनात्मक अध्ययन गरियो। रिपोर्टमा शीर्ष 10 प्रदूषित शहरमध्ये भारतभारतका सातवटा शहरबाहेक पाकिस्तानका दुईवटा र चीनका एउटा शहर सामेल छन्।

यसै दुनियाँका 30 सबैभन्दा प्रदूषित शहरमध्ये 22 शहर भारतका छन्। यसले पनि भारतका शहरको अवस्था के कस्तो छ छर्लङ्ग हुन्छ। भारतका 22 शहरबाहेक चीनका पाँच शहर, पाकिस्तानका दुईवटा र  बङ्ग्लादेशको एउटा शहर सामेल छन्।

एनसीआरको प्रमुख औद्योगिक शहर गुड़गाउँलाई दुनियाँको सबैभन्दा प्रदूषित शहर बताइएको छ। वर्ष 2018 मा गुड़गाउँको औसत एअर क्वालिटी इन्डेक्स 135.8 रेकर्ड गरियो, जुन अमेरिकी पर्यावरण संरक्षण एजेन्सी (EPA)-द्वारा निर्धारित मानकभन्दा तीन गुना बढ़ी हो। यो अत्यधिक खराब श्रेणीमा पर्छ।

गुड़गाउँबाहेक सबैभन्दा प्रदूषित शहरको शीर्ष-10 सूचीमा एनसीआरका चारवटा गाजियाबाद, फरिदाबाद, भिवाड़ी र नोएडा पनि सामेल छ। यसैगरी पटना र लखनउ पनि शीर्ष -10 सूचीमा क्रमशः सातौं र दशौं नम्बरमा छन्।

शीर्ष-50 मा भारत-चीन बराबर

रिपोर्टका अनुसार चीनले वायु प्रदूषणको स्थितिमा धेरै सुधार गरेको छ। यद्यपि विश्वक 50 सबैभन्दा प्रदूषित शहरको मामिलामा भारत र चीन लगभग बराबरीमा छन्। शीर्ष -50 –मा भारतका 25 शहर, चीनको 22 शहर, पाकिस्तानको दुईवटा  र बङ्ग्लादेशको एउटा शहर सामेल छन्।

प्रदूषित देशहरूमा तेस्रो स्थानमा भारत

सबैभन्दा प्रदूषित देशहरूको सूचीमा भारतको स्थान तेस्रो छ। यसमा सबैभन्दा माथि बङ्ग्लादेश र त्यसपछि  पाकिस्तान छ। सबैभन्दा प्रदूषित देशहरूको सूचीमा चीन 12औं स्थानमा छ।

दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी

दिल्ली दुनियाँको सबैभन्दा प्रदूषित राजधानीहरूमा सामेल छ। यसबाहेक दोस्रो स्थानमा बङ्ग्लादेशको राजधानी ढाका, तेस्रो स्थानमा अफगानिस्तानको राजधानी काबुल, चौथो स्थानमा बहरिनको राजधानी मनामा, पाँचौं स्थानमा मङ्गोलियाको राजधानी उलानबतार, छैटौं स्थानमा कुवैतको राजधानी कुवैत सिटी, सातौं स्थानमा नेपालको राजधानी काठमाडौं, आठौं स्थानमा चीनको राजधानी बेजिङ, नवौं स्थानमा यूएईको राजधानी अबुधाबी र दशौं स्थानमा इन्डोनेशियाको राजधानी जकार्ता सबैभन्दा प्रदूषित राजधानीहरूको सूचीमा सामेल छ।यों में शामिल है।

प्रदूषणले  प्रतिवर्ष 70 लाख मानिसको मृत्यु

रिपोर्टका अनुसार प्रदूषणको कारण विश्वभरि प्रतिवर्ष लगभग 70 लाख मानिसको असमय मृत्यु भइरहेको छ। अर्थ व्यवस्थामाथि यसको नराम्रो प्रभाव परिरहेको छ। प्रतिवर्ष मृत्यु र नोक्सानको आँकड़ा बढ़्दै गइरहेको छ।

यो विश्वका लागि एक ठूलो चिन्ता बनेको छ। ग्रीनपीस (Greenpeace) को दक्षिण-पूर्वी एशियाका कार्यकारी निदेशक येब सनो (Yeb Sano) –का अनुसार वायु प्रदूषणबाट मानिसहरूको आजीविका र भविष्य दुवै प्रभावित भइरहेको छ।

प्रदूषणबाट प्रतिवर्ष विश्वभरि हुने आकस्मिक मृत्युबाट लगभग 225 बिलियन डलर (लगभग 15,859 अरब रुपियाँ)-को नोक्सान भइरहेको छ। यसबाहेक प्रदूषणको कारण प्रतिवर्ष 1000 अरब डलरभन्दा बढ़ी औषधिमा खर्च हुनेगर्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here