बोलेरो र स्कुटी ठोकिँदा एकजनाको मृत्यु; एकजना गम्भीर घाइते

0
987

कालेबुङ, २५ अप्रेल: राष्ट्रिय राजमार्ग १० मा बोलेरो र स्कुटी परस्परमा ठोकिँदा स्कुटी चालक ४० वर्षीय धिरेन राईको घटनास्थलमै मृत्यु भएको छ भने स्कुटीमा सवार अन्य गम्भीर घाइते भएका छन्; जसलाई उपचारका लागि सिलगढी पठाइएको छ।

यो दुर्घटना आज बिहान ११:३० बजे कालीझोडा छेउ भएको हो।

सेवक पुलिसले दिएको जानकारी  अनुसार यस दुर्घटनामा ज्यान गुमाएका स्कुटी चालक कर्मठ फरेस्ट बस्ती निवासी हुन्।

पुलिसले शवलाई पोस्टमर्टमका उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइएको छ।

जानकारीका अनुसार धिरेन राई निर्माणाधीन सेवक-रम्फु रेल परियोजनामा कार्यरत थिए।

काम विशेषले डब्ल्यूबी ७४ बी जे ५९८९ नम्बरको स्कुटीमा सवार भई कालीझोडा गइरहेको बेला उक्त स्कुटी र एसके ०१ पी ए १६६५  नम्बरको बोलेरो ठोकिँदा यो दुर्घटना भएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here