दार्जिलिङ, ३० मईः दार्जिलिङनिवासी साहित्यकार ड. रुद्रराज मास्के (७०) अब हामीमाझ सशरीर रहेनन्।
हिजो (आइतबार) राति करिब ८.३० बजे उनको निधन भएको पारिवारिक सूत्रमार्फत जानकारी पाइएको छ।
जानकारीका अनुसार उनी केही समयदेखि बिरामी थिए।
२१ नोभेम्बर १०५२ –मा चुङथुङ चियाबारीमा जन्मेका मास्केका हाम्रो द्रौपदी (कविता सङ्ग्रह), सुदामाका कनिका (कविता सङ्ग्रह), युद्ध नगरी सियाको टुप्पाभरको जमीनको नदिने धम्कीको कथा यहाँ छ (कविता सङ्ग्रह), अनुभावन (कविता सङ्ग्रह) आदि कृति प्रकाशित छन्।
यसबाहेक उनले आधा दर्जन पत्र-पत्रिका सम्पादन पनि गरेका छन्।
नाट्यसाहित्यमा दार्जिलिङको योगदान : अध्ययन विश्लेषण र मूल्याङ्कन शीर्षकमा विद्यावारिधि गरेका साहित्यकार रूद्रराज मास्केले मित्र कमल भण्डारीसँग मिलेर खुल्ला साहित्यिक गोष्ठीलाई १०० प्रकरणसम्म पुऱ्याएका थिए।
उनको निधनले साहित्यकारहरूमा शोकको लहर छाएको छ। जानकारीका अनुसार आज उनको अन्तिम संस्कार गरिनेछ।