जम्मूमा ग्रेनेड हमला : 18 नागरिक घाइते

0
1092
विस्फोटको जाँच गर्ने सुरक्षाकर्मी (फोटो : एएनआई)

जम्मू, 7 मार्च  : हाई अलर्टमा रहेको जम्मूमा बिहीबार एक बस स्ट्यान्डमा ग्रेनेड हमलामा 18 नागरिक घाइते भएका छन्। ग्रेनेड हमलापछि घटनास्थलमा पुगेको पुलिस टीमले क्षेत्रलाई खाली गरी जाँच शुरु गरेको छ।

सूत्रका अनुसार बिहीबार बाक्लो भीड़ रहेको बस स्ट्यान्डमा ग्रेनेड हमला भयो, ग्रेनेड विस्फोट हुँदा त्यहाँ रहेका 18 जना नागरिक घाइते भए। घाइते सबै अस्पतालमा भर्ती गरिएको छ। पुलिसका शीर्ष अधिकारी घटनास्थलमा पुगेका छन्।

जम्मूका आईजी मनिष सिन्हाले यसलाई ग्रेनेड हमला  बताएका छन्। त्यहाँका उपस्थित प्रत्यक्षदर्शीहरूका अनुसार एक सन्दिग्ध हमलाकारीले ग्रेनेडबाट हमला गरेपछि त्यहाँबाट चम्पट कसे।

पुलवामामा भएको आत्मघाती हमलापछि अहिले राज्यभरि हाईअलर्ट गरिएको छ। यसैबीच आज यो ग्रेनेड हमलापछि भएको विस्फोटपछि गुप्तचर एजेन्सीहरू सतर्क भएका छन्।

रिपोर्टका  मुताबिक विस्फोटका लागि हमलाकारीले चाइनिज ग्रेनेडको प्रयोग गरे। यो समाचार लेखुञ्जेलसम्म घटनास्थललाई सुरक्षाकर्मीहरूले घेरेर जाँच गरिरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here