सिक्किममा कबड्डी-४ को प्रदर्शनीमा रोक

0
870

गान्तोक,१४ जूनः सिक्किम सरकारले राज्यमा कबड्डी-४ को प्रदर्शनी रोक लगाइएको छ।

१७ जूनदेखि सिक्किममा सबै हलमा कबड्डी-४ प्रदर्शनी गरिने निश्चित गरिएको थियो। तर

आज बिहान सिक्किममा मुख्यमन्त्री पीएस गोलेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सिक्किममा कबड्डी-४ को प्रदर्शनीमा रोक लगाउने निर्णय राज्य सरकारले दिएको जानकारी गराएका छन्।

मुख्यमन्त्री गोलेका अनुसार सिक्किमेली जनता र यहाँका विभिन्न सङ्घ-संस्थाका भावनालाई ध्यानमा राख्दै राज्यमा कबड्डी-४ को प्रदर्शनीमा रोक लगाउने निर्णय राज्य सरकारले लिएको हो।

कबड्डी-४ की नायिका मिरुना मङ्गर र र फुर्बा लामाबिचको विवाद स्वीकार्य ढङ्गमा समाधान नभएसम्म राज्यमा यस फिल्मको प्रदर्शनीमाथि रोक लगाइएको मुख्यमन्त्री गोलेले जानकारी गराएका छन्।

‘विवाद स्वीकार्य रूपमा समाधान नभएसम्म सिक्किमका जनता र विभिन्न सङ्घ-संस्थाहरूका भावनालाई ध्यानमा राख्दै राज्य सरकारले सिक्किममा कबड्डी-४ को प्रदर्शनीमा रोक लगाउने निर्णय गरेको छ’, सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्।

स्मरण रहोस्, सिक्किममा कबड्डी-४ को प्रदर्शनीमा रोक लगाउनपर्ने माग लगातार उठिरहेको थियो।

विशेषगरी सिक्किमका लामाहरूले कबड्डी-४ को प्रदर्शनी राज्यमा नगरिदिने अनुरोध गर्दै आइरहेका थिए।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here