सिलगढी, २० जूनः कालीझोडा छेउ गएको पैह्रोका कारण राष्ट्रिय राजमार्ग-१० बन्द भएको छ।
राति परेको मुसलधारे पानीका कारण सडकमाथिबाट झरेको पैह्रो राष्ट्रिय राजमार्गमा थुप्रिएका कारण बिहानैदेखि यातायात बाधित बनेको हो।
विभागले पैह्रो सोहोर्न पाँचवटा जेसीबी मशिन खटाएको छ। करिब ४०-४५ मिनटपछि यातायात सुचारू बन्ने बताइएको छ।